What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

नेपालमा फेरि कोरोना संक्रमण पुष्टि, सतर्कता अपनाउन विशेषज्ञकाे आग्रह
What To Know
- काठमाडौँ । नेपालमा पुनः कोरोना संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा.
- उहाँका अनुसार एकजनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र अन्य छ जनामा काभ्रेपलाञ्चोकमा संक्रमण पुष्टि भएको हो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू निको भएर घर फर्किइसकेको डा.
काठमाडौँ । नेपालमा पुनः कोरोना संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षणको क्रममा सात जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो।
उहाँका अनुसार एकजनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा र अन्य छ जनामा काभ्रेपलाञ्चोकमा संक्रमण पुष्टि भएको हो। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू निको भएर घर फर्किइसकेको डा. झाको भनाइ छ।
राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले प्रयोगशालामा नियमित रूपमा कोरोना परीक्षण हुँदै आएको जानकारी दिनुभयो।
यसैबीच, विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना संक्रमण गम्भीर प्रकृतिको नभएको भन्दै आत्तिनु नपर्ने सुझाव दिएको छ। नेपालमा देखिएको संक्रमण पनि सामान्य प्रकृतिको रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो।
डा. पुनले विशेष गरी ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका र दीर्घरोगीलाई संक्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भएकाले सतर्क रहन आग्रह गर्नुभयो। भीडभाडमा जाँदा मास्क लगाउने, हात धुनेजस्ता पुराना जनस्वास्थ्य मापदण्ड अपनाउन पनि उहाँले अनुरोध गर्नुभयो।
“अहिले देखिएको कोरोना सामान्य रुघाखोकी जस्तै भइसकेको छ,” डा. पुनले भन्नुभयो, “तर दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती महिला र बालबालिकालाई विशेष ख्याल गर्नुपर्छ।”
संक्रमण थप फैलन नदिनका लागि देशका नाका क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिएको इडिसिडीका निर्देशक डा. झाले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन भनिसकेका छौँ। आवश्यकता परे परीक्षण किट तुरुन्त पठाउने व्यवस्था मिलाइएको छ।”