What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

वामपन्थी नेता प्रदीप नेपालको निधन
What To Know
- २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनले शिक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए।.
- २०३५ मा गठन भएको कोर्डिनेसन केन्द्रको कमिटीमा उनी सक्रिय सदस्य रहेका थिए। त्यसयता उनी लगातार पार्टीको केन्द्रीय कमिटीमा रहे। तर, वि.
काठमाडाैं। वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ। उनकाे उपचारकाेक्रममा मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएकाे अस्पताल स्रोतले जानकारी दिएको छ।
उनी पार्किन्सनलगायत दीर्घरोगबाट पीडित थिए। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा उनी पछिल्ला वर्षहरूमा राजनीतिमा निष्क्रिय बनेका थिए।
वि.सं. २०१० सालमा जन्मिएका नेपाल वि.सं. २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा सञ्चारमन्त्री बनेका थिए। त्यसपछि उनले शिक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए।
धनुषामा वि.सं. २०३५ मा गठन भएको कोर्डिनेसन केन्द्रको कमिटीमा उनी सक्रिय सदस्य रहेका थिए। त्यसयता उनी लगातार पार्टीको केन्द्रीय कमिटीमा रहे। तर, वि.सं. २०७१ पछि सक्रिय राजनीतिमा उनी देखिन छाडेका थिए।