बैंकका ठूला ऋणी जुनसुकै बेला जेलमा, बचतकर्ताको खर्बौ रकम जोखिममा !

रुषा थापा
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा मुख्य योजनाकार मानिएका दुर्गा प्रसाईं अहिले प्रहरी हिरासतमा छन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले भाटभटेनी सुपरमार्केटका साहु मीनबहादुर गुरुङलाई दुई वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना तोकिसकेको छ ।

यतिमात्र होइन, उनले साढे चार अर्ब राजस्व छली गरेको पनि अदालतले ठहर गरिसक्यो । वर्तमान सरकार काँग्रेस र एमाले मिलेर बनेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । भाटभटेनी सञ्चालक गुरुङ एमालेनिकट मानिन्छन् । त्यसैले, सर्वोच्चले दोषी ठहर गर्दासमेत उनलाई सरकारले कारबाही गरेको छैन । तर, ओली सरकार ढल्नासाथ गुरुङ पक्राउ पर्ने नै छन् ।

गुरुङले विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन् । प्रसाईंले पनि दश अर्ब बढी ऋण बैंकबाट लिएका छन् । बैंकबाट ऋण लिनेमा ठूलादेखि साना व्यापारीसम्म छन् । फरक यही हो कि साना व्यापारीले एक लाखदेखि दश लाख रुपैयाँसम्म कर्जा लिएका छन् भने ठूला व्यापारीहरुले दश करोडदेखि अर्बौ ऋण लिएका छन् । यता, गुरुङ र प्रसाईंलाई सामान दिने व्यापारीहरु निराश छन् ।

किनकि उनीहरुले भुक्तानी पाएका छन् । भाटभटेनीले सामानको पैसा नदिएपछि केही वर्षअघि एक व्यापारीले संघीय संसद भवनअगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदह गरेको हामी सबैले देखिसकेका छौं । अहिले भाटभटेनीमा काम गर्ने कर्मचारीहरुले तीन महिनादेखि वर्षौको तलब पाएका छैनन् । प्रसाईंले पनि कर्मचारीलाई पारिश्रमिक दिएका छैनन् ।

अब गम्भीर कुरो चाँहि के हो भने भाटभटेनी साहु गुरुङ र प्रसाईंले करोडको धितो राखेर अर्ब कर्जा लिएका छन् । साढे दुई दर्जन भाटभटेनी भवन धितो राखेर गुरुङले विभिन्न बैंकबाट ५३ अर्ब ऋण लिएका छन् । प्रसाईंले झापाको बिएण्डबि अस्पताल र भक्तपुरस्थित घर धितो राखेर बैंकबाट दश अर्ब ऋण लिएका छन् ।

प्रसाईं प्रहरी हिरासतमा पुगिसकेका छन् भने गुरुङ पनि ओली सरकार ढल्नासाथ जेल चलान हुने छन् । अनि दुवै जना जेल पुगेपछि बैंकको हालत चाँहि के होला ? सोच्नैपर्ने अवस्था आएको छ । फेरि बैंकमा भएको रकम जनताको हो । अनि यिनीहरु जेल पुग्नासाथ जनता डुब्नेछन् ।

काठमाडौंको अनामनगरस्थित हाल भाटभटेनी रहेको जमिन २०३१–०३२ सालमा रोपनीको १२ सय रुपैयाँमा समेत बिक्री नभएको त्यहाँका बुढापाका भन्छन् । भक्तपुरको राधेराधेस्थित पनि अहिले भाटभटेनी बनेको जमिन ६ दशकअघि रोपनीको एक–दुई सय रुपैयाँमा समेत बिक्री हुदैन्थ्यो भन्छन् यहाँका स्थानीय । उनीहरुका अनुसार त्यतिबेला यहाँ मरेको मान्छे पोल्ने–गाड्ने गरिन्थ्यो ।

जसका कारण यहाँ राकेँ भुतसमेत हिँड्ने उनीहरु नै बताउँछन् । एक रोपनी जग्गामा १६ आना हुन्छ । ६ दशकअघि रोपनीको सयौंमा नबिक्ने जमिन केही वर्षअघि आनाकै ६० लाखदेखि करोडसम्म पुग्यो । गायक कुमार बस्नेतले ‘छोरीभन्दा आमा तन्नेरी, किरिम पाउडरले’ भन्ने गीत गाएका थिए ।

अहिले यो गीत जमिनसँग मिलेको छ । दशकअघि रोपनी जमिन एउटै पाटो हुन्थ्यो । तर, दलालीहरुले डोजर लगाएर खण्ड खण्ड बनाएपछि त्यतिबेला सय रुपैयाँमा नबिक्ने जमिन आनाकै लाखौंमा बिनबेच भयो । त्यही जमिन धितो राखेर व्यापारीहरुले बैंकबाट अर्बौ ऋण लिए । पछिल्लो समय घरजग्गा कारोबारमा मन्दी आएको सबैलाई थाहै छ ।

घरजग्गाको मूल्य निरन्तर ओरालो लागिरहेको छ । यस्तो अवस्थामा ठूला व्यापारीहरुले बैंकबाट लिएको ऋण नतिरे के होला ? ‘हाम्रो आमा साह्रै बाठी, चामलसँग पिठो साटिन्’ भन्ने गीत बैंकहरुसँग मिल्न गएको छ । बैंक आफैंले सय रुपैयाँ कित्तामा सेयर निष्काशन गर्यो । अनि त्यही सेयरलाई २७ सय भ्याल्सिन गरेर ८० प्रतिशत कर्जा दिन्छ ।

छिमेकी मुलुकहरुमा नेपाली बढीमा पाँच लाख रुपैयाँ पर्ने गाडी यहाँका अटो शोरुमहरुले दश लाखदेखि करोडौंमा बेचिरहेका छन् । त्यही गाडीलाई बैंकले फेरि किनेको मूल्यको ८० प्रतिशत कर्जा प्रवाह गर्छ । बैंकमा संकट आउँदै छ । ठूला व्यापारीहरुका कारण बैंक टाट पल्टिने अवस्थामा पुगिसकेको छ । गुरुङ र प्रसाईं त उदाहरण मात्रै हुन् ।

बैंकबाट करोडको धितो राखेर अर्बौ ऋण लिनेमा हजारौं ठूला व्यापारीहरु छन् । तिनीहरुले बैंकको साँवाब्याज तिरेका छन् । बैंक धर्मसंकटमा परेको छ । धितो लिलाम गयो भनेपनि कर्जा उठ्दैँन, नगरौं भने त्यो पनि गुम्ला भन्ने डर । फेरि बाहिर बैंक डुब्ने चर्चा आगोझैं फैलिएको छ । बैंकका बचत गरेकाहरुको समेत निद्रा र भोक हराएको छ ।

सहकारीजसरी बैंक पनि भाग्ने डर आम नागरिकमा छ । त्यसैले, बैंकबाट आफ्नो पैसा निकाल्नतिर मानिसहरु लागिसकेका छन् । सहकारी बचतकर्ताहरु निक्षेप डुबेपछि आन्दोलन गरिरहेका छन् । उनीहरु आन्दोलनमा होमिएको वर्षौ बितिसक्यो । तैपनि बचत फिर्ता पाएका छन् । यो देखेर बैंकका बचतकर्ताहरु सतर्क भएका छन् ।

उनीहरु धमाधम निक्षेप निकालिरहेका छन् । सहकारी होस् या बैंक डुब्नुको मुख्य कारण, घरजग्गा, गाडी र सेयर हो । छिट्टै नाफा कमाउन आँखा चिम्लेर लगानी गर्दा व्यक्तिले बैंक, वित्तिय संस्था यसमा डुबेका छन्, फसेका छन् ।

कबाडीको भाउमा समेत बिक्री नहुने अवस्थामा आइसक्यो । देश मन्दीमा छ । बेरोजगारी छ । काम गरेको ठाउँबाट समेत तलब नपाएको अवस्था छ । पैसा हुने त लुकाइसके । अहिले भाटभटेनी, सुपर मार्केट र बिगमार्ट सुनसान देखिन्छ । कुहिएको सामान बेचिएर हो वा पैसा नभएर हो कुन्नि ।

व्यापार व्यवसाय ठप्पै भइसकेको छ । अधिकांश व्यापारीको मुखबाट एउटै कुरा सुनिन्छ, बहनी नभई सटर बन्द गर्नुपर्छ । बजार झनझन मन्दीतर्फ मोडिएको छ । राजस्व उठ्ने मालपोत र यातायात कार्यालय सुनसान छ । नेपालको अधिकांश बैंकमा मारवाडीहरुको लगानी छ । दुर्गा प्रसाईंले भन्थे, ‘मारवाडीहरुलाई देश निकाला गर्नुपर्छ । यिनीहरुले नेपालीलाई ठगे ।’

अब साँच्चिकै मारवाडीहरुले नेपालीलाई कंगाल बनाउने दिन नजिकिएको छ । किनकि बैंकमा संकट आउनासाथ नेपाली जनताको पैसा लिएर यिनीहरु त आफ्नो देश फर्किहाल्ने छन् । सहकारीमा बचतकर्ताको डुबेको पैसा फिर्ता गर्ने भन्दै सरकारले सहकारी प्राधिकरण खडा गर्यो । तर, प्राधिकरण गठन भएको यत्रो महिना बितिसक्दासमेत सरकारले अध्यक्ष नियुक्त गर्न सकेको छैन ।

यता, राष्ट्र बैंकको गर्भनर नियुक्त गर्न पनि सकिरहेको छैन, सरकार । मानिसहरुले ब्याजको लोभमा आफूसँग भएको सम्पूर्ण रकम सहकारी, बैंकमा राखे । काम नगरी बसिबसि खाने उनीहरुको उद्देश्य थियो । तर, ‘चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी’ भनेझैं ब्याजको लोभमा पर्दा मानिसहरुको जीवनभरको दुःखको कमाईसमेत डुबेको छ । बुढोपाकाले भन्थे, ‘लोभीको धन, लुचाले खान्छ ।’ खाईनखाई मानिसहरुले सहकारीमा बचत गरे । अहिले ठगहरु त्यो पैसा नै लिएर भागे ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *