What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

आन्दोलनरत शिक्षकहरूले पार्टी सदस्यता जलाउने
What To Know
- काठमाडाैं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूले पार्टी सदस्यता जलाउने भएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै शिक्षकहरूले नयाँ वर्षको अवसर पारेर पार्टी सदस्यता जलाउने कार्यक्रम राखेका हुन् ।.
- स्वतन्त्र शिक्षक समूहले नयाँ वर्ष अर्थात् २०८२ को वैशाख १ गते माइतीघरमण्डलामा पार्टी सदस्यता जलाउने कार्यक्रम राखेको हो । नेपाल शिक्षक महासंघको अगुवाईमा काठमाडाैं केन्द्रित आन्दोलन जारी छ । सबै शिक्षकहले शिक्षक एकता जिन्दावादको नारा लगाइरहेका बेला केहीले शिक्षकहरुको समूहले कित्ता काटेर स्वतन्त्र शिक्षकमा नाममा सदस्यता जलाउने कार्यक्रम राखेका हुन् ।.
काठमाडाैं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर आन्दोलनरत शिक्षकहरूले पार्टी सदस्यता जलाउने भएका छन् । यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै शिक्षकहरूले नयाँ वर्षको अवसर पारेर पार्टी सदस्यता जलाउने कार्यक्रम राखेका हुन् ।
स्वतन्त्र शिक्षक समूहले नयाँ वर्ष अर्थात् २०८२ को वैशाख १ गते माइतीघरमण्डलामा पार्टी सदस्यता जलाउने कार्यक्रम राखेको हो । नेपाल शिक्षक महासंघको अगुवाईमा काठमाडाैं केन्द्रित आन्दोलन जारी छ । सबै शिक्षकहले शिक्षक एकता जिन्दावादको नारा लगाइरहेका बेला केहीले शिक्षकहरुको समूहले कित्ता काटेर स्वतन्त्र शिक्षकमा नाममा सदस्यता जलाउने कार्यक्रम राखेका हुन् ।
शैक्षिक क्षेत्र सुधारका लागि विशुद्ध शिक्षक बन्ने प्रतिवद्धता व्यक्त गर्दै उनीहरुले नयाँ वर्षदेखि विभिन्न नाम, उपनाममा आफूले लिएका जुनसुकै पार्टीका सदस्यता सडकबाटै त्याग गरेको घोषणा गर्ने र पार्टी सदस्यता जलाउने कार्यक्रम राखेका हुन् । सामाजिक सञ्जालमा उक्त विषय चर्चामा आएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी नेत्री शिक्षकहरूकाे याे कदममाथि समर्थन जनाएकी छिन् । सामाजिक सञ्जालमा व्यानरसहित एक स्टाटस लेख्दै उनले स्वतन्त्र शिक्षकहरूकाे कदमकाे प्रशंसा गरेकी हुन् । पूर्व शिक्षा मन्त्री समेत रहेकी उनले लेखेकि छिन्, ‘गर्नु पर्ने खास यही नै हो। सम्मानित शिक्षण पेशालाई सम्मानित गरौँ, बनाऔँ। जसले यसको नेतृत्व गर्नुभयो, स्वागतयोग्य छ।’
जसले गर्दा यतिबेला शिक्षकहरूबीच पार्टी सदस्यता जलाउने वा नजलाउने भन्ने विषयमा बहस सुरु भएको छ । कतिपयले यसको वैधानिक अस्तित्व के हो भन्दै प्रश्न गरेका छन् । बहुलीय व्यवस्थामा रहेको बताउँदै उनीहरूले स्वतन्त्र रहनु पनि व्यवस्था नमान्नु सरह हुने भनेका छन् ।
शिक्षक विद्यालय समयमा पेशाकर्मी हुन कुनै दलको विचार बोक्न नहुने स्वतन्त्र रहनुपर्ने तर, विद्यालय समय बाहेकका समयमा नागरिकको हैसियतले दलीय गतिविधिमा लाग्नु कुनै अपराध नभएको समेत जिकिर गरेका छन् । शिक्षकको यो कदम बारे तपाईँ के भन्नुहुन्छ कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया जनाउनुहोला ।