नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एनआईसी एशिया बैंकले ल्यायाे लिलाम बिक्री गर्ने सम्पत्तिबारे सूचना दिने पोर्टल
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीका सम्पत्तिसम्बन्धी विस्तृत जानकारी प्रदान गर्न एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ।
बैंकले सञ्चालनमा ल्याएको https://auctionassistance.nicasiabank.com पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका बैंकिङ तथा गैर-बैंकिङ सम्पत्तिहरूको विवरण प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
ग्राहकले लिलाम बिक्रीसम्बन्धी सूचना भित्रको QR कोड स्क्यान गरी पोर्टलमा प्रवेश गर्न सक्नेछन्। त्यहाँ सम्पत्तिको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा लोकेशन पहिचान गर्न गुगल म्यापसहितको जानकारी उपलब्ध हुनेछ।
लिलाम बिक्रीमा राखिएको सम्पत्ति खरिद गर्न इच्छुक व्यक्तिले थप जानकारी आवश्यक परेमा नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना सहित म्यासेज पठाउन सक्ने सुविधा पनि पोर्टलमा रहेको छ।
बैंकले उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सूचना अद्यावधिक गर्ने जनाएको छ।