हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
क्रिकेट प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने क्यानको निर्णय
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईकाे नवीकरण नगर्ने नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गरेकाे छ । क्यानले उनको सम्झौता नवीकरण नगर्ने निर्णय गरेपछि उनी भारत फर्किने भएका हुन्।
मोन्टी देसाईले सन् २०२२ मा नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रूपमा जिम्मेवारी सम्हालेका थिए। यसअघि उनले सन् २०१७ मा यू–१९ नेपाली टिमका ब्याटिङ सल्लाहकारका रूपमा पनि काम गरिसकेका थिए।
उनको नेतृत्वमा नेपालले आइसिसी क्रिकेट विश्वकप लिग २ मा ऐतिहासिक प्रदर्शन गर्दै १२ मध्ये ११ खेल जितेको थियो। उनकै प्रशिक्षकत्वमा नेपालले एसिया कपमा भारत र पाकिस्तान जस्ता टिमहरूसँग प्रतिस्पर्धा गर्ने अवसर पनि पायो।
नेपाल क्रिकेट संघले देसाईलाई औपचारिक रूपमा धन्यवाद दिँदै उनको योगदानको कदर गरेको छ। ‘तपाईंको आत्मविश्वास, मुस्कान र समर्पणले टीम मात्र होइन, एक अमिट इतिहास कोरियो,’ क्यानले भनेको छ, ‘हामी नेपाली समर्थकहरूमा सधैं तपाईंको नाम गुञ्जाइरहनेछ।’
योसँगै क्यानले नयाँ प्रशिक्षकको खोजी थालेको छ