What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

त्रिदेशीय महिला टी-२० शृंखला : नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित
What To Know
- यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले नौ विकेटको क्षतिमा १०१ रन बनाएको थियो। नेपालका लागि कविता कुँवर र विन्दु रावलले छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे।.
- कुँवर र रावलले २५-२५ रन बनाइ्न। कुँवरले ३२ बलमा दुई चौका प्रहार गरिन् भने रावलले २५ बलमा तीन चौका प्रहार गरिन्।.
काठमाडाैं । त्रिदेशीय महिला टी-२० शृंखलाको दोस्रो खेलमा नेपाल थाइल्यान्डसँग चार विकेटले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले १९ ओभरमा ६ विकेट गुमाएर सजिलै पूरा गरेको हो। यो शृंखलामा नेपालको दोस्रो हार हो। यसअघि नेपाल नेदरल्यान्डससँग पराजित भएको थियो।
थाइल्यान्डका लागि नान्नापत कोन्चारोन्काईले अभिविज अर्धशतक प्रहार गरिन्। उनले ५८ बलमा ६ चौकाको मद्दतले ६० रन बनाइन्।
त्यस्तै, सुवानन खियातोले १४ र नरुमोल चाइवाईले १३ रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि मनिषा उपाध्यायले दुई, कविता कुँवर, रुविना क्षेत्री र कविता जोशीले एक-एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले नौ विकेटको क्षतिमा १०१ रन बनाएको थियो। नेपालका लागि कविता कुँवर र विन्दु रावलले छैटौं विकेटका लागि ४४ रनको साझेदारी गरे।
कुँवर र रावलले २५-२५ रन बनाइ्न। कुँवरले ३२ बलमा दुई चौका प्रहार गरिन् भने रावलले २५ बलमा तीन चौका प्रहार गरिन्।
त्यस्तै, कप्तान इन्दु बर्माले १५ रन बनाइन्। अन्य खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्।
थाइल्यान्डका लागि थिपाचा पुट्थावाङले तीन, फनिता माया र नताया बूचथमले दुई-दुई तथा चनिदा सुट्थिरुङले एक विकेट लिइन्।
अब नेपालले अर्को खेलमा नेदरल्यान्डसको सामना गर्नेछ। नेपाल र नेदरल्यान्डको खेल आइतबार मध्याह्न १२ः१५ बजे हुनेछ।