चिच्याएर वर माग्ने मेलाको तयारी पूरा

पाल्पा । तिनाउँ गाउँपालिका ४ सत्यवति तालमा लाग्ने सत्यवती बजैको चिच्याएर वर माग्ने मेलाको तयारी पुरा भएको आयोजकले जनाएको छ । मङसिर ५ गते देखि ७ गते सम्म सञ्चालन हुने चिच्याउर वर माग्ने सत्यवाति बैजैको मेलामा यस पटक बृहत संस्कृतिक र खाना महोत्सब हुने आयोजक सत्यवती ताल संरक्षण समितिक अध्यक्ष सुनविर गाहाले बताउनु भयो ।

मेलाको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्र पाल्पाका प्रबन्ध निर्देशक राम बहादुर राउतले सहजीकरण गर्दै मेलाको तयारी र मेला अवधी भर आयोजित कार्यक्रमको बारेमा जानकारी दिनुभयो ।

सत्यवति बजैको चिच्याएर वर माग्ने मेलाको महिमालाई प्रचारप्रसार गर्न स्वास्थ्य सिपमुलक शैक्षिक विकास केन्द्र पाल्पाले सहयोग गरेको छ । मेलामा यस महजोग परेको आयोजकले दावि गरेको छ ।

मेला अवलोकन गर्न पाल्पा सहित छिमेकी जिल्ला रुपन्देही ,अर्घाखाँचि ,गुल्मी ,स्याङजा ,पर्वत नवलपरासि लगायतका जिल्लाबाट धार्मिक पर्यटक आउने गरेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *