What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
श्रीमतीलार्इ बोक्सी आरोप लगाउने श्रीमान जेलमा
What To Know
- चिप्लेढुङ्गा । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए ।.
- उक्त अभियोगमा गत जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो । न्यायाधीश काजीबहादुर राईले उक्त मुद्दामाथि फैसाला गर्नुभएको हो । उक्त घटनामा परिवारका सासु, ससुरा, देवर, देवरानीले भने सफाइ पाएका छन् ।.
चिप्लेढुङ्गा । बोक्सीको आरोप लगाएर श्रीमती कुटपिट गर्ने सन्तोष परियारलाई जिल्ला अदालत कास्कीले छ महीना जेल र रु पाँच हजार जरिवानाको सुनाएको छ । अन्नपूर्ण गाउँपालिका–१ ढिकुरपोखरीका परियारले श्रीमती पूजा परियारमाथि बोक्सीको आरोप लगाएर कुटपिट गरेका थिए ।
घरको अर्को एक सदस्य बिरामी भएपछि झारफुक गर्ने क्रममा पूजालाई बोक्सी भनेर झाँक्रीले नाम लिएपछि सन्तोषले श्रीमतीलाई बोक्सी भन्दै कुटपिट गरेका थिए । सो घटनाका बारेमा प्रहरीमा उजुरी परेपछि प्रहरीले सन्तोष र अन्य सदस्यलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।
उक्त अभियोगमा गत जेठ ९ गते सन्तोष र परिवारका अन्य सदस्यविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । उनीहरुलाई बोक्सी आरोप कसुर सजाय ऐन २०७२ को १ परिच्छेदको ४ को दफा ११ ‘१’ को क, ख, घ र ङ र उपदफा ४ अनुसार सजाय सुनाइएको हो । न्यायाधीश काजीबहादुर राईले उक्त मुद्दामाथि फैसाला गर्नुभएको हो । उक्त घटनामा परिवारका सासु, ससुरा, देवर, देवरानीले भने सफाइ पाएका छन् ।






