काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
अमेरिकाको प्रतिनिधिसभा चुनावमा नेपाली मुलका भण्डारी विजयी, बन्याे यस्ताे रेकर्ड
काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी हुनुभएकाे छ । डेमोक्र्याटिक उम्मेदवार भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे हाे ।
अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा प्रतिनिधित्व गर्ने भण्डारी पहिला ब्यक्ति बन्नुभएकाे छ । मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका भएकाे बताइएकाे छ ।
नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उहाँ अमेरिका जानुभएकाे थियाे । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँनुहुन्थ्याे । अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामा नै संलग्न हुनुहुन्छ ।
गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उहाँ दोश्रो स्थान हासिल गरी बिजयी बन्नुभएकाे थियाे ।