What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’को निधन
What To Know
- उनका करिब ५ दर्जन गीत रेकर्ड भएका छन्। ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ.
- ‘ भन्ने गीत निकै चर्चित छ। १५ सय बढी गीत रचना गरेका उनका ६० हाराहारीमा गीतहरू रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनलाई’ दुई गीतसंग्रहसँगै ‘प्रणय वेदका ऋचाहरू’ गजलसंग्रह प्रकाशन भएका छन्।.
काठमाडाैं । चर्चित शृंगारिक गजलकार तथा गीतकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ।
निमोनिया र जन्डिसका कारण स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएका पंगेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ। सोमबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मंगलबार निधन भएको हो। उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
उनका करिब ५ दर्जन गीत रेकर्ड भएका छन्। ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ…’ भन्ने गीत निकै चर्चित छ। १५ सय बढी गीत रचना गरेका उनका ६० हाराहारीमा गीतहरू रेकर्ड भएका छन् भने ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनलाई’ दुई गीतसंग्रहसँगै ‘प्रणय वेदका ऋचाहरू’ गजलसंग्रह प्रकाशन भएका छन्।
पोखरामा रहेर गजल, गीत, कविता लगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकट श्रृङ्गारिक गजलबाट चर्चा कमाएका थिए। ३० को दशकबाट साहित्य सिर्जनामा क्रियाशील पंगेनी पछिल्लो समय कास्कीको रुपा गाउँपालिकास्थित गाउँमै फार्म र कटेज बनाउँदै थिए।
उनका बुधबार दिउँसो १२ः१० बजे अस्पतालबाट आर्यघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने परिवारले जनाएका छन्।