What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनित
काठमाडौं । अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत भएका छन् ।
एमाले महासचिव शंकर पोखरेलले सुहाङलाई गत फागुन ३ गते बसेको केन्द्रीय सचिवालयको बैठकले कानून विभाग सदस्य मनोनीत गरेको बताए ।
सुहाङ नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । कानुन व्यवसायीका रुपमा सक्रिय उनी फुटबल क्लब पनि चलाउँछन् ।
सुवासचन्द्रको निधनसँगै इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि सुहाङ एमालेबाट उम्मेदवारका रुपमा बलिया दाबेदार हुन् ।






