हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, पक्षमा १५७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले पुनःविश्वासको मत लिएका हुन्।
बुधबार प्रतिनिधिसभामा भएको मतदानमा सहभागी २६८ सांसदमध्ये १५७ मत पक्षमा र ११० मत विपक्षमा खसेको थियो। १ सांसद तटस्थ रहे। प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ सांसदको मत आवश्यक थियो।
आफूलाई समर्थन गर्ने कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोहीअनुसार वाम–लोकतान्त्रिक गठबन्धन टुटेसँगै कांग्रेसले समर्थन फिर्ता लिएपछि बुधबार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन्।
प्रधानमन्त्रीलाई उनको दल माओवादी केन्द्र, एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थन रह्यो।
यसअघि गत वर्ष १० पुसमा तेस्रोपटक प्रधानमन्त्री बनेका प्रचण्डले २६ पुस ०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए। त्यसबेला उनले ९८ प्रतिशतभन्दा बढी अर्थात् २६८ मत पाएका थिए। त्यसबेला दुई जनाले मात्र विपक्षमा मत हालेका थिए।