सुनको मूल्यमा नयाँ उचाई, कति पुग्यो ताेलाकाे भाउ ?

काठमाडौं । नेपाली बजारमा आज  सुनको मूल्यले नयाँ उचाई  कायम गरेको छ । बिहीबार एक हजार दुई सय रुपैयाँले बढेर नयाँ उचाई कायम गरेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १ हजार २ सयले बढेर १ लाख ११ हजार ८ सय कायम भएको छ ।

यस्तै आज, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ पुगेको छ ।

याे भन्दा पहिला चैत्र २२ गते प्रतितोला एक लाख ११ हजार रुपैयाँको रुपैयाँपुगेकाे थियाे ।

बुधबार छापालवाला सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेर १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *