What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुनको मूल्यमा नयाँ उचाई, कति पुग्यो ताेलाकाे भाउ ?
What To Know
- .
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ उचाई कायम गरेको छ । बिहीबार एक हजार दुई सय रुपैयाँले बढेर नयाँ उचाई कायम गरेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु १ हजार २ सयले बढेर १ लाख ११ हजार ८ सय कायम भएको छ ।
यस्तै आज, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय ५० पुगेको छ । साथै चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ पुगेको छ ।
याे भन्दा पहिला चैत्र २२ गते प्रतितोला एक लाख ११ हजार रुपैयाँको रुपैयाँपुगेकाे थियाे ।
बुधबार छापालवाला सुन प्रतितोला एक हजार ८०० रुपैयाँ बढेर १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य एक लाख १० हजार ५० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस दिन चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर एक हजार ४४५ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको थियो ।






