What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

प्रधानमन्त्री प्रचण्डलाई भेटेर मेयर हर्क साम्पाङले मागे खानेपानीका लागि बजेट
काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर मेयर साम्पाङसहितको टोलीले प्रधानमन्त्रीसँग भेट गरेको हो । भेटका क्रममा मेयर सम्पाङको टोलीले खानेपानीको समस्या समाधानका लागि बजेट बिनियोजन गर्न माग गरेका छन् ।
कोशी नदीको पानी धरान लैजान बजेट उपलब्ध गराउन प्रधानमन्त्रीलाई मेयरको टोलीले माग गरेको हो ।
धरानको खानेपानीका लागि अनेक प्रयास भएपनि दीर्घकालीन समस्या समाधान गर्न कोशीको पानी धरान लैजानका लागि खानेपानी मन्त्रालयले डीपीआरसमेत तयार पारेकाले बजेट विनियोजन गर्न माग गरिएको हो।