गुल्मी–२: एमालेका गोकर्ण विष्टको फराकिलो अग्रता

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले फराकिलो अग्रता बनाएका छन् ।

पछिल्लो प्राप्त विवरण अनुसार एमालेका विष्टले ७ हजार ७५६ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीले ५ हजार ५९१ मत प्राप्त गरेकी छन् ।

विष्टले झाँक्रीसँग २ हजार १६५ मतको फराकिलो अग्रता बनाएका छन् । सोही क्षेत्रमा स्वतन्त्र उम्मेदवार कमला पुनले १५२ मत प्राप्त गरेकी छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *