What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सुन र चाँदीको सिक्का किन्न सर्वसाधारणको भिड, चाँदीको भन्दा सुनको सिक्का किन्ने धेरै
काठमाडाैं । सुन र चाँदीको सिक्का खरिदको लागि नेपाल राष्ट्र बैंकको टक्सार विभागको कार्यालयमा सर्वसाधारणको भिड लागेको छ। तिहार नजिकिएसँगै सुन र चाँदीको सिक्का खरिद गर्न बबरमहलस्थित कार्यालयमा सर्वसाधारणको भिड लागेको हो।
राष्ट्र बैंकले बिहीबारदेखि धनतेरसको लागि सुन तथा चाँदीको सिक्का बिक्री गर्न थालेको थियो। बिहीबार पनि सिक्का खरिद गर्नेको भिड निकै थियो भने शुक्रबार झनै धेरै भिड देखिएको छ। सिक्का खरिदको लागि भिड बढेपछि टोकन बाँडेर सिक्का बिक्री गरिरहेका छ।
राष्ट्र बैंकले बिक्री गर्ने सुन र चाँदीको सिक्कालाई असर्फी भनिन्छ। यो सिक्का चलनचल्तिमा आउने मुद्रा भने होइन। धनतेरसको लागि र लक्ष्मीलाई चढाउन तिहारअघि भने यस्तो सिक्का खरिदमा सर्वसाधारणको निकै भिड लाग्ने गर्छ।
टक्सार विभागमा चाँदीकोभन्दा सुको सिक्का खरिद गर्ने धेरै देखिएका छन्। चाँदीको सिक्का खरिद गर्ने कम भएपनि सुनको सिक्का खरिद गर्नेको भिड बढी देखिएको छ।
नेपाल राष्ट्र बैंकले काठमाडौंमा मात्रै यस्तो सिक्का बिक्री गर्ने गरेको छ। उपत्यका बाहिर भने राष्ट्र बैंकले सिक्का बेच्ने गरेको छैन्। एकठाँउबाट मात्रै बिक्री हुने भएकोले पनि अहिले सर्वसाधारणको भिड उल्लेख्य देखिएको हो।
राष्ट्र बैंकको टक्सार विभागबाट २.५ ग्राम, ५ ग्राम र १० ग्रामका सुन तथा चाँदीको असर्र्फी बिक्री गरिरहेका छ। यस्तै चाँदीको भने १० ग्रामको मात्रै असर्फी बिक्री भइरहेको छ। असर्फीको मूल्य भने सुनको मूल्यमा हुने घटबढको आधारमा घटबढ हुने गर्छ। बजारमूल्य भन्दा २ सय रुपैयाँ बढीमा सुन चाँदीको सिक्का बिक्री गर्ने गरेको छ।
सुनको सिक्का खरिदको लागि नेपाल राष्ट्र बैंकको कार्यलयहरु मात्रै होइन सुन पसलहरुमा समेत सर्वसाधारणको चहलपहल बढेको छ। सुनव्यवसायीबाट समेत सर्वसाधारणले सुनको सिक्का खरिद गर्ने गरेका छन्।