धनदाैलतले मात्रै नि घरजम हुन्न : संसारकै धनी विल गेट्सकाे लाेग्ने-स्वास्नीकाे सम्बन्ध बिच्छेद

काठमाडौं । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्स सम्बन्ध विच्छेद गर्ने निर्णयमा पुगेका छन् ।

२७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको जानकारी उनीहरुले सामाजिक सन्जालमार्फत् दिएका हुन् । बिल गेट्सले ट्वीटरमा संयुक्त वयान सार्वजनिक गरेका छन्, जसमा लेखिएको छ, ‘धेरै सोचविचार गरेर हामीले आफ्नो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका छौं ।’

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकको अन्तिमतिर भएको थियो, जतिबेला मेलिन्डाले माइक्रोसफ्ट कम्पनीमा जागिर सुरु गरेकी थिइन् । उनीहरुका तीन सन्तान छन् ।

दुवै मिलेर बिल एण्ड मिलिण्डा गेट्स फाउन्डेसन चलाउँदै आएका छन् । सम्बन्ध विच्छेद गरे पनि फाउन्डेसनका लागि भने दुवै मिलेर काम गर्ने उनीहरुले जानकारी दिएका छन् । यो संस्थाले कोरोना संक्रमण महामारीमा अर्बौ डलर खर्च गरेका छन् । साथै बालबालिकालाई खोप सहयोग गर्ने गरेका छन् ।

सम्बन्ध विच्छेदको घोषणा गर्दै उनीहरुले भनेका छन्, ‘हामी दम्पतीका रुपमा अब हामीसँगै विकसित हुन सक्ने छौँ भन्ने विश्वास छैन ।’ फोर्ब्सका अनुसार बिल गेट्स विश्वका धनी व्यक्तिको सूचिमा चौथो स्थानमा छन् । उनको सम्पत्ती १२४ बिलियन अमेरिकी डलर बराबर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *