बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

गुल्मीमा थप २ जना कोरोना संक्रमितको मृत्यु
गुल्मी । गुल्मीमा कोरोनाभाइरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका १ तम्घासमा बस्दै आएका ४८ वर्षीय पुरुष र बुटवलमा बस्दै आएकी इस्मा गाउँपालिकाकी ७६ वर्षीया महिला रहेका छन् ।
संक्रमित पुरुषको बिहान लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । त्यस्तै, महिलाको भने भैरहवा युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको हो ।
यससहित गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
उता, कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो ।
वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताउनुभयो ।