प्रधामन्त्रीका मुख्य सल्लाहकार रिमाल भन्छन्, ‘एमसीसीमा कुनै राष्ट्रघात छैन आखाँ चिम्लिएर पास हुन्छ’

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले अमेरिकी सहयोग परियोजना (एमसीसी)मा कुनै राष्ट्रघात नभएको बताएका छन् । बुधबार एम टेलिभिजन अन्तर्वार्तामा रिमालले एमसीसीमा कुनै राष्ट्रघात नभएको र आँखा चिम्लेर पारित हुने बताएका हुन् ।

उनले भने, ‘एमसीसी आँखा चिम्लेर पास गरे हुन्छ यसमा धेरै बहस गर्नुपर्ने आवस्यक नै छैन । यसमा कुनै संशोधन गर्नु जरुरी छैन यसमा बढी टिप्पणी गर्नु वाइयात कुरा हो । एमसीसी जस्ता सम्झौता धेरै गरेकाछौँ हामीले चीनसँग पनि गरेका छौँ भारतसँग पनि गरेका छौँ ।’

ट्रान्समिसन लाइनको मुनी अमेरिकी सेना आएर बस्छ भन्ने कुरा वाइयात भएको उनले तर्क गरे । ‘एमसीसीमा राष्ट्रघातसात भन्ने कुरा केही छैन, यसमा टिप्पणी समयको बर्वादी मात्रै हो ।’ उनले भने, एमसीसी पास गर्ने नगर्ने कुरा संसदको कुरा हो हाम्रो पार्टी एसीसीको बिरोधमा छैन ।

केपी ओलीको बिरोध गर्नेहरुले एमसीसीको बारेमा भ्रम फैलाएको उनको आरोप छ । एमसीसी सम्झौतामा हस्ताक्षरपछि चार पाँच पटक सरकार परिवर्तन भइसकेको र जसका पालामा सम्झौता भएको हो उसैले बिरोध गर्नु हाँस्यासपद कुरा भएको उनको भनाई छ ।

उनले् भने, उहाँले एन्टी केपी ओली अभियानमा एजेन्डा बनाउनु भो केपी ओलीलाई डाम्न पर्छ भनेर तर यसैमा फस्नुभयो साथीहरु, अहिले प्रचण्डलाई निल्नु न ओल्नु भएको छ यो एमसीसी । यसमा शक्तिकेन्द्रहरुलाई घिसारेर केही फाइदा छैन । इन्डिया, चाइना, अमेरिका जापानलाई घिसारेर केही पनि फाइदा छैन । उनले भने, ‘मुलुकका लागि ७६ अर्व भन्नेकुरा ठूलो होइन चाहिदैन भनौ न त सबैले एमसीसी फेल भइहाल्छ नी, अहिले आएर ठीक कि बेठीक भनेर बहस गर्नु आवस्यक छैन ।’

एमसीसीको बिरोध गर्नु भनेको विकासमा बाधा हाल्ने काम मात्र भएको उनको भनाई छ । शेर बहादुर देउवा र केपी ओलीलाई जोड्ने डोरी एमसीसी हो भन्नु कुतर्क हो । त्यसको कुनै अर्थै छैन ।

एमसीसी सम्झौतामा र मेलम्चीमा भएको सम्झौता उस्तै प्रकारको भएको उनको दाबी छ । एमसीसी ठीक कि बेठीक भनेर टिप्पणी गर्नु नै वाइयात भएको उनको जिकीर छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *