What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

वामपन्थी नेता मानन्धरको निधन
What To Know
- काठमाडौँ। बामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो । छोरा सुनिल मानन्धरका अनुसार, उपचारका क्रममा साँझ ८ः२० बजे अस्पतालमा मानन्धरको निधन भएको हो ।.
- मङ्गलबार विहान ८ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटमा स्वर्गीय मानन्धरको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ । विक्रम सम्वत् १९८७ साल पुस ३ गते जन्मनुभएका मानन्धर बारा, पर्सा, रौतहट क्षेत्रमा लोकप्रिय किसान नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सादगी र इमान्दार कम्युनिस्ट नेताका रुपमा स्थापित मानन्धरले १२ वर्षअघि सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो । मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गर्नुभएको थियो । उहाँले ज्येष्ठ नागरिक भत्तासमेत नलिनुभएको परिवारले जनाएको छ । उहाँको श्रीमतीको सात वर्षअघि निधन भएको थियो । स्वर्गीय मानन्धरका एक छोरा र तीन छोरी हुनुहुन्छ ।.
काठमाडौँ। बामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो । छोरा सुनिल मानन्धरका अनुसार, उपचारका क्रममा साँझ ८ः२० बजे अस्पतालमा मानन्धरको निधन भएको हो ।
मङ्गलबार विहान ८ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटमा स्वर्गीय मानन्धरको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ । विक्रम सम्वत् १९८७ साल पुस ३ गते जन्मनुभएका मानन्धर बारा, पर्सा, रौतहट क्षेत्रमा लोकप्रिय किसान नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सादगी र इमान्दार कम्युनिस्ट नेताका रुपमा स्थापित मानन्धरले १२ वर्षअघि सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो । मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गर्नुभएको थियो । उहाँले ज्येष्ठ नागरिक भत्तासमेत नलिनुभएको परिवारले जनाएको छ । उहाँको श्रीमतीको सात वर्षअघि निधन भएको थियो । स्वर्गीय मानन्धरका एक छोरा र तीन छोरी हुनुहुन्छ ।