नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

वामपन्थी नेता मानन्धरको निधन
काठमाडौँ। बामपन्थी नेता बिष्णुबहादुर मानन्धरको ९१ वर्षको उमेरमा पाटन हस्पिटलमा सोमबार साँझ निधन भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि १५ दिनअघि अस्पताल भर्ना गरिएका मानन्धरलाई आइतबारबाट भ्यान्टिलेटरमा राखेर उपचार थालिएको थियो । छोरा सुनिल मानन्धरका अनुसार, उपचारका क्रममा साँझ ८ः२० बजे अस्पतालमा मानन्धरको निधन भएको हो ।
मङ्गलबार विहान ८ बजेदेखि ११ बजेसम्म पशुपति आर्यघाटमा स्वर्गीय मानन्धरको शव अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ । विक्रम सम्वत् १९८७ साल पुस ३ गते जन्मनुभएका मानन्धर बारा, पर्सा, रौतहट क्षेत्रमा लोकप्रिय किसान नेताको रुपमा परिचित हुनुहुन्थ्यो । सादगी र इमान्दार कम्युनिस्ट नेताका रुपमा स्थापित मानन्धरले १२ वर्षअघि सक्रिय राजनीतिबाट अवकाश लिनुभएको थियो । मानन्धरले राज्यका कुनै पनि सुविधा र सहुलियत नलिने घोषणा समेत गर्नुभएको थियो । उहाँले ज्येष्ठ नागरिक भत्तासमेत नलिनुभएको परिवारले जनाएको छ । उहाँको श्रीमतीको सात वर्षअघि निधन भएको थियो । स्वर्गीय मानन्धरका एक छोरा र तीन छोरी हुनुहुन्छ ।