नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने
काठमाडाैं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।
त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ । त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।