तिनाउको दुर्गम बुढीकोट –काफलबारी मोटरबाटोको उद्घाटन

पाल्पा,चैत्र १५ ।

सुनिल कार्की ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं १ काफलबारीमा पहिलोपटक मोटरबाटो पुगेको छ । गाउँपालिकाको अत्यन्तै विकट गाउँको रुपमा रहेको काफ्लबारीमा मोटरबाटो पुगेको हो । वडा नं १ को बुढीकोटसम्म पहिले नै मोटरबाटो पुगेको भए पनि अहिले स्थानिय सरकार तिनाउ गाउँपालिकाले काफलबारी गाउँमा बाटो पु्याउन सफल भएको छ । गत आर्थिक वर्ष २०७६÷७७ देखि चालु आर्थिक वर्ष २०७७÷७८ को गाउँपालिकाबाट विनियोजित १८ लाख बजेटबाट गाउँमा मोटरबाटो पुग्न सफल भएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीमगरले बताउनुभयो ।

एक भव्य कार्यक्रमका बिचमा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अथिति ओम बहादुर घर्ती मगरले मोटरबाटो नपुगेको गाउँमा सडक सञ्जालको विस्तार गर्नु नै तिनाउ गाउँपालिकाको पहिलो प्राथमिकता भएको दाबि गर्नुभयो । सोही प्राथमिकताकै आधारमा तिनाउका प्रया गाउँ गाउँमा मोटरबाटो पुग्न सफल भएको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।  तिनाउका गाउँटोलमा धेरै खालका समृद्धि र विकासका आधारहरु हुँदा हुँदै सडक पहुँचको अभावमा स्थानिय उत्पादनको विक्रि वितरणमा भएको कठिनाईलाई सहज बनाउन मोटरबाटो विस्तारले टेवा पुग्ने अध्यक्ष घर्ती मगरले विश्वास व्यक्त गर्नुभयो । बुढीकोट,काफ्लबारी लगायतका गाउँमा उत्पादन हुने दालचिनि,कागती र कृषि उपजलाई बजारीकरण गर्न समेत सहयोग पुग्ने अध्यक्ष घर्ती मगरको भनाई छ ।

तिनाउ गाउँपालिकाले काफलबारीमा मोटरबाटो मात्रै होइन उक्त गाउँको चौतर्फी विकासको लागि विद्युतीकरण सहित एक करोडको लागत अनुमानमा चिउरी लिफ्टीङ खानेपानि योजनको काम सुरु गरेको छ । कार्यक्रममा वडा नं १ कचलका वडा अध्यक्ष रोम बहादुर लम्तरी,दोभान –कचल मोटरबाटो उपभोक्त समितिका अध्यक्ष खेम बहादुर बुचा,टिपर व्यवसायि संघ दोभानका महासचिव तोया लम्साल र वडा सदस्य अमर तरामु लगायतले काफलबारीमा मोटरबाटो पुग्न सफल भएकोमा गाउँबासीलाई बधाई दिर्दै मोटरबाटो विस्तारले काफलबारी सहित तिनाउ १ कचलको विकासमा कोसेढुङ्ग सावित हुने बताउनु भएको थियो ।

कार्यक्रम स्थानिय नल बहादुर बगालेको स्वागत र काफलबारी मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष देव बहादुर बगालेको अध्यक्षताम चलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *