काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
महासंघकाे अध्यक्षमा पाँच जनाको उम्मेदवारी
काठमाडौँ । नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घको केन्द्रीय पदाधिकारीका लागि नयाँ नेतृत्व चयन गर्ने प्रयोजनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । महासङ्घको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दर्ताको जानकारी महासङ्घको निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेले दिनुभयो ।
अध्यक्ष पदमा रामप्रसाद दाहाल, निर्मला शर्मा, दीपक पाठक, गजेन्द्रसिंह बुढाथोकी र विपुल पोखरेलले मनोनयन पत्र दर्ता गराउनुभएको छ । महासङ्घको लामो इतिहासमा पहिलो पटक प्रत्यक्ष मतदानबाट नेतृत्व चयन हुँदै छ । केन्द्र, प्रदेश, जिल्लादेखि प्रतिष्ठानसम्म प्रत्यक्ष मतदान प्रणालीबाट निर्वाचन हुन लागेको हो ।
यसैगरी महासचिवमा राजेश मिश्र, रोशन पुरी र बालकृष्ण बस्नेतले उम्मेदवारी दिनुभएको छ । एसोसिएटतर्फ सचिव पदमा केशव खनाल र लेखा समिति सदस्यमा मन्जिमा ढकालको उम्मेदवारी परेको छ । यही चैत २५ गते मतदान हुने कार्यक्रम छ ।
सबै पदमा गरी करिब दुई सय जनाको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा बढी केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता भएको छ । यस पटकको निर्वाचनमा करिब १३ हजार पत्रकार मतदानमा सहभागी हुँदैछन् ।