नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

सरकारलाई कांग्रेस सांसदकाे प्रश्न, लिपुलेक कहिले फिर्ता आउँछ ?
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका एक सांसदले लिपुलेक कहिले फिर्ता आउँछ भनेर सरकारलाई सोधेका छन् । मंगलबार बसेकाे प्रतिनिधि सभाकाे बैठकमा सांसद जीप छिरिङ लामाले यस्ताे प्रश्न गरेका हुन् ।
बैठकमा उनले भने, ‘दार्चुलाको लिपुलेक भारतमा पर्यो भनेर सरकारले नक्सा पारित गर्यो । सबै राजनीतिक पार्टीले एकमतले पास गर्यो ।
सरकारले लोगो पनि माननीयलाई बाँड्यो । तर, जग्गा जमिन कहिले फिर्ता आउँछ ? जमिन अर्काको देशमा राख्ने अनि लोगो लगाएर हिड्ने ? लोगो मात्रै लगाएर हिड्ने कि जमिन फिर्ता आउँछ ?’
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणमा जाँदा यो विषयमा कुरा गर्न खोजेको तर, भारत सरकारले सुन्न नचाहेको उल्लेख गर्दै सांसद लामाले नयाँ नक्सा अनुसारको जमिन फिर्ता ल्याउने के पहल भइरहेको छ भनी सोधेका हुन् ।