नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ। बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। पुनर्स्थापनायता आज प्रतिनिधि सभाको पाँचौं बैठक बस्न लागेको हो। त्यसका लागि सचिवालयले सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन’ प्रस्तुत गर्नेछन्।
यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन २०७७’ पेस गर्ने सम्भावित कार्यक्रम छ।
पुनर्स्थापनापछि चारवटा बैठक सकिँदासम्म प्रतिनिधि सभाले लय समात्न सकेको छैन।