एमालेले डाक्याे केन्द्रीय कमिटि बैठक

काठमाडौँ  । सत्तारूढ नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटि बैठक बोलाएको छ।

आगामी आइतबार (चैत १ गते) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटिको बेठक बोलाइएको एमालेका स्थायी कमिटि सदस्य केशव बडालले जानकारी दिए।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटिको बैठक बस्न लागेको हो।

पार्टीको माधव नेपाल समूहको भेलाले केन्द्रीय कमिटि बैठक माग गरेकाे थियाे।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *