नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पाल्पामा दुई हजार बढी कुखुरा मरे
तानसेन । पाल्पामा रानी खेत रोगको प्रकोप बढेको छ । यस रोगका कारण जिल्लाका विभिन्न स्थानमा ५ हजार बढी कखुरा मरेका छन् । जिल्लाको तिनाउ, तानसेन, रैनादेवी, रामपुर, बगनासकाली लगायतका ठाउँमा फैलिएको रानीखेत रोगका कारण कुखुरा मरेको किसानहरुले बताएका छन् ।
तिनाउ गाउँपालिकाको झुम्सास्थित झुम्सा पोल्ट्री एण्ड एग्रो फार्ममा मात्रै दुई हजार बढी कुखुरा मरेका छन् । उक्त पोल्ट्री फार्ममा पालिएका २ हजार बोइलर र २५० बढी लोकल कुखुरा मरेका हुन् । यसबाट आठ लाख ५० हजार बढीको क्षति भएको फार्म संचालक कृष्ण पाण्डेले बताउनुभयो ।
तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले कृषक पाण्डेको फार्ममा पुगेर अनुगमन गरिएको र थप क्षति हुनबाट रोक्न कुखुरालाई आवश्यक औषधिको व्यवस्थापन गर्न सहजीकरण गरिएको बताउनुभयो ।