नेकपाको हड्तालका कारण सर्वसाधरणलाई सास्ती

तानसेन । नेपाल कम्यूनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहको आमहड्तालको कारण पाल्पासहित देशभरको जनजीवन प्रभावित बनेको छ ।

जिल्लामा विहानदेखि नै बन्दको प्रभाव देखिएको छ । केपी ओली सरकारले एकतर्फी रुपमा अवैधानिक तवरले संवैधानिक अंगका सदस्यहरुको नियुक्ति र संसद विघटनको विरोधमा आन्दोलनरत नेकपाले बुधवार संवैधानिक परिषद्का सदस्यलाई सपथ गराएपछि बन्दको कार्यक्रम घोषणा गरेको हो ।

दुईतिहाई बहुमतको सरकारले संविधान विरुद्धका गतिविधि गरेको भन्दै सोही पाटीका प्रचण्ड माधव समूह अहिले आन्दोलनमा रहेको छ । आन्दोलनका क्रममा आम हड्तालको कार्यक्रम गरेको हो ।

आमहड्तालको कारण पाल्पामा यातायात, उद्योग व्यवसाय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्था, कलकारखाना लगायत ठप्प रहेका छन् । बन्दले लामो तथा छोटो दुरीको यातायातका साधनहरु समेत चलेका छैनन् ।

जिल्लामा बन्दकर्ताले दुध, तरकारी, एम्बुलेन्स, शववहान, प्रेस लगायतका सवारीलाई भने रोकतोक गरेका छैनन् । यी बाहेक अन्य क्षेत्रमा भने पूर्ण रुपमा रोक लगाइएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *