नेकपाको आमहडतालले जनजीवन प्रभावित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले गरेको आमहड्तालका कारण मुलुकभरको जनजिवन प्रभावित भएको छ ।

गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका थिए भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बन्दका क्रममा केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड–माधव पक्षले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो । यससँगै संसद विघटनविरुद्ध घोषणा गरेका तेस्रो चरणका आन्दोलनका कार्यक्रम भने केही परिवर्तन भएका छन् ।

त्यस्तै शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको आरोप ओली पक्षले लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *