नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

प्रतिनिधिसभा विघटनको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दाको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्चको संवैधानिक इजलासमा भएको बहस नसिकएको भन्दै सर्वोच्चले अर्को पेसी शुक्रबारका लागि तोकेको हो ।
बुधबार भएको सुनुवाइमा सरकारका कानुनी सल्लाहकार अग्नि खरेल र रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले बहस गर्नुभयो । रिट निवेदकतर्फका थापाले यो मुद्दालाई बृहत् पूर्ण इजलासमा पठाउनुपर्ने कुरा उठाउनु भयो ।
सरकारका तर्फबाट खरेलले मुद्दालाई संवैधानिक इजलासले नै टुंग्याउनुपर्ने पक्षमा बहस गर्नुभयो । आजको संवैधानिक इजलासमा सपना प्रधान मल्ल बाहेकका न्यायाधीश यसअघिकै दोहोरिनुभयो ।
हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि त्यो ठाउँमा मल्ल आउनु भयो । नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य ४ न्यायाधीश रहने व्यवस्था छ ।०००