नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

खुमलटारमा प्रचण्ड र वामदेवकाे खासखुस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तटस्थ बस्दै आएका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दाहाललाई भेट्नगौतम ललितपुर खुमलटारस्थित निवासमा पुगेका थिए ।
भेटमा नेकपा विभाजनपछिको राजनीतिक परिस्थितीका विषयमा छलफल भएको बुझिएको छ । गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम गलत भएको बताएपछि विभाजित पार्टीको दुबै समूहमा नलाग्ने बताउँदै आएका छन् ।
ओली र दाहालले भने उनलाई आफ्नो साथ दिन आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र प्रचण्ड-माधव समूहमा विभाजित भएको छ । तर गौतम भने दुबै समूहमा सहभागी नभएर तटस्थ बसेका छन् । उनले पछिल्लो समय विभाजित नेताहरुलाई मिलाउने प्रयास समेत गरेका छन् ।
नेकपाको तत्कालीन नौ सदस्यीय सचिवालयमध्ये महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा प्रधानमन्त्री ओलीको समूहमा छन् । बाँकी सदस्य प्रचण्ड–माधव समूहमा छन् ।