नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

कठ्याङ्ग्रिदो जाडोमा धर्ना दिन उखु किसान माइतिघरमा
काठमाडौँ । लामो समयसम्म आफुहरुले पाउनुपर्ने बक्तौता रकम नपाएको भन्दै उखु किसानहरुले शनिबार पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् ।
शुक्रबारै आफ्नो खातामा रकम आउने आश्वासन पाएपनि एक रुपैया पनि नआएको भन्दै उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन् । उनीहरुले चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारको ध्यानाकर्षण गर्न भन्दै माइतिघरमा धर्ना दिएका हुन् ।
चिनी मिल सञ्चालकबाट बक्यौता रकम उठाइदिन सरकारले गरेको बाचा पुरा नभएको भन्दै सर्लाहीका उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका हुन् । उनीहरुले सरकारसंग छलफल गर्न आफुहरु तयार रहेपनि छलफलको वातावरण बनाउनुपर्ने बताएका छन् ।
उखु किसानहरुले यसअघि सरकासंग भएको सहमति कार्यान्वयन गर्नुपर्ने, सरकारले नै चिनी मिल सञ्चालकबाट रकम उठाइदिनुपर्ने लगाएका माग राख्दै आएका छन् ।०००