What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

संवैधानिक परिषदसम्बन्धी अध्यादेश, ३ जनाको उपस्थितिमा बैठक बस्न मिल्ने(पूर्णपाठ)
What To Know
- संशोधनले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य)को उपस्थितिमा बैठक बस्न सक्नेछ । संविधानमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको छ।.
- अहिले उपसभामुखको पद रिक्त छ। बैठक बस्नका लागि यसअघि प्रधानमन्त्री सहित अन्य चार सदस्य आवश्यक पर्ने व्यवस्था थियो। अध्यादेशमा त्यसलाई परिवर्तन गरिएको छ। साथै, अब तत्काल कायम रहेका (अहिलेलाई ५ जना) सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने बाटो पनि खुला गरेको छ। तत्काल कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने सुविधा अध्यादेशमा छ।.
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
संशोधनले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य)को उपस्थितिमा बैठक बस्न सक्नेछ । संविधानमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, विपक्षी दलका नेता र उपसभामुख रहेको संवैधानिक परिषद्को व्यवस्था गरिएको छ।
अहिले उपसभामुखको पद रिक्त छ। बैठक बस्नका लागि यसअघि प्रधानमन्त्री सहित अन्य चार सदस्य आवश्यक पर्ने व्यवस्था थियो। अध्यादेशमा त्यसलाई परिवर्तन गरिएको छ। साथै, अब तत्काल कायम रहेका (अहिलेलाई ५ जना) सदस्यको बहुमतबाट निर्णय गर्न सक्ने बाटो पनि खुला गरेको छ। तत्काल कायम रहेका सदस्य संख्याको बहुमतले निर्णय गर्न सक्ने सुविधा अध्यादेशमा छ।