बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कांग्रेस केन्द्रीय शीर्ष नेताको बैठक स्थगित
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय शीर्ष नेताको बैठक स्थगित भएको छ । कांग्रेस नेता एबं सांसद सूर्यबहादुर केसीको निधनका कारण आज बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको हो ।
कांग्रेसले केसीको निधनमा केन्द्रीय कार्यालय एकदिन बन्द गर्ने र तीनदिन पार्टीको झन्डा झुकाउने निर्णय गरेको छ ।
पार्टीभित्रको विवादमा सहमति खोज्न सोमबारदेखि कांग्रेस शीर्ष नेताहरुको बैठक शुरु भएको थियो । पहिलो दिनको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोधपत्रमा छलफल भए पनि ठोस सहमति हुन सकेको थिएन ।
यसैबीच कांग्रेस सभापति शेरबहादुर देउवाले सुर्य बहादुर केसीको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।
देउवाले सामाजिक सञ्जालमार्फत स्वर्गीय केसीको निधनले नेपाली कांग्रेसले एक अग्रज नेता र देशले एक राजनीतिकर्मी मात्र नभई सफल व्यवसायी, समाजसेवी र कर्मशील व्यक्तित्व गुमाएको महशुस भएको बताएका छन् ।
देउवाले दुःखको यस घडीमा उनीप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।