What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

सबैखाले परीक्षा सञ्चालन गर्न सरकारले दियाे अनुमति (मन्त्रिपरिषद्का निर्णयसहित)
काठमाडौं । सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा गत असोज १९ मा बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी परीक्षा सञ्चालन गर्न सक्ने स्वीकृति दिएको हो।
सरकार प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद बैठकबारे जानकारी दिन बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा परीक्षा सञ्चालन गर्दा केन्द्र, प्रदेश र स्थानीय तहले अपनाउने भनेका स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागू गर्नुपर्ने बताए । यस्तै, सरकारले तालिम सञ्चालन गर्न सक्ने पनि अनुमति दिएको छ।
व्यवसायिक तालिम सञ्चालन गर्ने संस्थाहरूले अब २५ जनाभन्दा कम मानिस सहभागी गराएर छोटो समयका लागि तालिम लिन सक्ने सरकारले जनाएको छ।