नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालमा थप ३४ सय ३९ जनालाई कोरोना संक्रमण
काठमाडौँ । नेपालमा कोरोना भाइरसका ३ हजार ४ सय ३९ जना संक्रमित थपिएका छन् ।
देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो सङ्ख्या एकैदिन देखिएको अहिलेसम्मकै उच्च संक्रमितको सङ्ख्या हो । थपिएका संक्रमितमध्ये १६ सय ८४ जना काठमाडौं उपत्यकाका मात्रै रहेका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ९४ हजार २ सय ५३ पुगेको छ ।
कुल संक्रमितमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ हजार २०९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । उनीहरु होम र संस्थागत आइसोलेसनमा बसेका छन् । मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार १२६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६८ हजार ६६८ जना संक्रमित निको भएर घर फर्केका छन् । ०००