बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

घट्यो सुनको मूल्य
काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सोमबार भने सुन आजकै मूल्यमा किनबेच भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि बुधबार ओरालो लागेको छ । यसदिन चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला एक हजार १७५ रुपैयाँ तोकिएको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।