What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पाल्पा पहिरो अपडेट : ३ जनाको शव भेटियो
What To Know
- बेपत्ता मध्ये १७ बर्षिया कृष्ण माया गाहा, १४ बर्षिया खुमिसरा आले र ८ बर्षिया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।.
- हिजो बिहान पहिरोले घर पुरिदा घर धनी ६३ वर्षीय हुम बहादुर गाहा, उहाँका श्रीमती ४७ वर्षीया धनीसरा, छोरी १७ वर्षीया कृष्णामाया गाहा, १४ वर्षिया नातिनी खुमिसरा आले र ८ वर्षीया नातिनी लक्ष्मी गाहा बेपत्ता भएका थिए ।.
तानसेन । पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ मध्ये ३ जनाको शव भेटिएको छ ।
बेपत्ता मध्ये १७ बर्षिया कृष्ण माया गाहा, १४ बर्षिया खुमिसरा आले र ८ बर्षिया लक्ष्मी गाहाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
हिजो बिहान पहिरोले घर पुरिदा घर धनी ६३ वर्षीय हुम बहादुर गाहा, उहाँका श्रीमती ४७ वर्षीया धनीसरा, छोरी १७ वर्षीया कृष्णामाया गाहा, १४ वर्षिया नातिनी खुमिसरा आले र ८ वर्षीया नातिनी लक्ष्मी गाहा बेपत्ता भएका थिए ।
हिजो रातिसम्मै निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि आज बिहानबाट मात्रै बेपत्ताहरुको खोजी शुरु भएको हो । हराइरहेका बाकी २ जनाको खोजी भैरहेको छ ।
हिजो नै पहिरोले घर पुरिदा सोही वडाकी २७ वर्षीया गर्भवती मोतीसरा गाहाको मृत्यु भएको थियो । ०००






