नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नौ सय बोट गाँजा फँडानी
बिदुर । नुवाकोटको विदुर नगरपालिका–१० स्थित बेंसीगाउँ र दारेगौँडाका चार रोपनी जग्गामा फैलिएको गाँजा नुवाकोट प्रहरीले आज फँडानी गरेको छ । जङ्गल तथा विभिन्न व्यक्तिको जग्गा र बारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजाको नौ सय बोट प्रहरीले आज फँडानी गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।
प्रनि फुयाँलका अनुसार कोभिड–१९ सङ्क्रमण जिल्लामा फैलिरहेका अवस्थामा मानिसले आफ्नो स्वास्थ्यलाई बढी ख्याल राख्नुपर्ने अहिलेको समय परिस्थितमा गाँजा सेवन गरे भने स्वास्थ्यमा झनै ठूलो क्षति ब्यहोर्नुपर्ने भएकाले फँडानी गरिएको हो ।