काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

थपिएका नयाँ संक्रमितमा काठमाडौंका १ सय ३९ ,ललितपुर १५ र भक्तपुर १४ जना रहेका छन् । मन्त्रालयका अनुसार सशस्त्र प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विध ल्याब ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका ६ जना , भक्तपुरका एक, ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंमा ११ जना, धुलिखेल अस्पतालमा काठमाडौंका दुई जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ३ जना, काठमाडौंका १६ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २० जना, भक्तपुरका एक जना र ललितपुरका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा काठमाडौंका तीन जना, सुर्या हेल्थ ल्याब भक्तपुरका एक जना र काठमाडौंका एक जनामा कोरोना पुष्टि भएको छ ।

केमसी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका चार जना,भक्तपुरका एक जना र ललितपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विरेन्द्र अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका सात जना, सोरिया अस्पताला गरिएको परीक्षणमा भक्तपुर एक जना र ललितपुर एक जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुर २, ललितपुर ३ र काठमाडौंमा सात जना, शुक्रराज ट्रपिकल तथा जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं २० जना, ललितपुरका चार र भक्तपुर दुई जना, त्रिवि शिक्षण अस्पतालमा भक्तपुरका एक, काठमाडौं ११ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १७, ललितपुर एक र भक्तपुर दुई जना र नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं नौँ र ललितपुर दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा सोमबार कोरोना संक्रमितको संख्या ५ सय ८१ पुगेको छ । यसअघि आइतबार काठमाडौं उपत्यकामा १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार काठमाडौंका १ सहित तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *