विद्युत प्राधिकरणमा कुलमानको कमाल, एक वर्षमा ११ अर्व नाफा

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७६÷७७ मा ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ ।

सोमबार प्राधिकरणले ३५ औं वाषिर्ककोत्सवका अवसरमा सार्वजनिक गरिएको वित्तीय विवरणअनुसार ४ अर्ब ८७ करोड रुपैयाँ सञ्चित नाफा गरिएको जानकारी पनि दिएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।

प्राधिकरणको विद्युत् चुहावट १५.२७ प्रतिशतमा झरेको छ । चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कम हुँदा प्राधिकरणलाई वित्तिय रुपमा करिव ८ अर्ब रुपैयाँ फाइदा भएको छ ।

गत आर्थिक बर्षमा मुलुकभित्रको विद्युत् मागलाई आपूर्ति गर्नका लागि भारतबाट आयात गरिएको विद्युतको अंश घटेको छ भने नेपालबाट भारतर्फको निर्यात बढेको छ । गत बर्ष प्राधिकरणको प्रणालीमा उपलब्ध ७ अर्ब ७४ करोड युनिट ऊर्जामध्ये भारतबाट २२.३४ प्रतिशत आयात भएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७६÷७७ को कूल खपत ६ अर्व ५२ करोड ८७ लाख युनिट पुगेको छ । यसरी हाल प्रति व्यक्ति प्रति वर्ष विद्युत खपत करिव दुई सय ४५ युनिट पुगेको छ । नियमित, भरपर्दो, गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन अहोरात्र खट्ने प्रतिबद्धता प्राधिकरणले जनाएको छ । ०००

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *