काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
सुनकाे मूल्य नेपाली इतिहासकै महंगाे, ताेलाकाे कति ?
काठमाडाैँ । बुधबार सुनको मूल्य एकदैन १३ सयले बढेर प्रतितोला ९४ हजार पुगेको छ। याे मूल्य नेपाली इतिहास मै सबैभन्दा उच्च हाे । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ। मंगलबार १ हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आज बढरे ११ सय ३५ रुपैयाँमा पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर त्यसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।