नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेकपाका दुई अध्यक्षबीच वार्ता, सहमतिको प्रयास जारी
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच कायमै रहेको पार्टीको आन्तरिक विवाद सल्टाउन दुवै अध्यक्ष आज पनि जुट्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १२ बजे बालुवाटार पुग्नुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो ।
चितवनबाट फर्कनुभएपछि अध्यक्ष दाहाल मङ्गलबार पनि वार्ताका लागि बालुवाटार पुग्नुभएको थियो । तर उहाँहरूबीच सामान्य कुराकानी मात्र भएको थियो ।
आज विषयवस्तुमा केन्द्रित भएर छलफल हुने सल्लाहकार सापकोटाले बताउनुभयो । साउन २ गते ११ बजे बस्न लागेको नेकपा स्थायी कमिटी बैठक अघि दुई अध्यक्षबीच सहमति भइसक्ने नेताहरूले विश्वास गर्नुभएको छ ।
सोहीअनुसार अध्यक्षद्वय वार्ता र संवादलाई निरन्तरता दिनुभएको छ । प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंकाअनुसार दुवै अध्यक्षबीच दिउँसो १२ बजेदेखि बालुवाटारमा एक्लाएक्लै वार्ता भइरहेको छ ।