अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर पठाउने ट्रम्प प्रशासनको योजना रद्द

एजेन्सी । ट्रम्प प्रशासनले अनलाइनमा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर पठाउने योजना रद्द गरेको छ । ट्रम्प प्रशासनले कोरोना महामारीका कारण पूर्ण रूपमा अनलाइनमा सञ्चालित कोर्सका अन्तर्राष्ट्रिय विद्यार्थीलाई आफ्नो घर पठाउने योजनालाई रद्द गरेको हो ।

हार्भर्ड विश्वविद्यालय र म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले सरकारको यो योजनाविरूद्ध मुद्दा हालेका थिए । नीति घोषणा गरेको एक सातापछि नै ट्रम्प प्रशासनले त्यसलाई उल्ट्याएको हो । ती दुई विश्वविद्यालयले सरकारको त्यस्तो निर्देशनलाई ‘एकपक्षीय, स्वेच्छाचारी र अधिकारको दुरूपयोग’ भनी आरोप लगाएका थिए ।

अन्य दर्जनौँ विश्वविद्यालयले त्यस मुद्दामा उनीहरूलाई समर्थन गरेका थिए । म्यासाचुसेट्स र क्यालिफोर्निया सहितका कम्तीमा १८ राज्यका महान्यायाधिवक्ताविरूद्ध समेत मुद्दा हालिएको थियो ।०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *