नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

संसदको बर्खे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले संसदको बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद बैठकले बेलुका पाँच बजेदेखि लागु हुने गरी संसदको चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिनु भएको छ ।\
११ बजे मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग परामर्श गर्नु भएको थियो । प्रधानमन्त्री ओलीले झण्डै ४० मिनेट राष्ट्रपति भण्डारीसँग परामर्श गर्नु भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली स्थायी कमिटि बैठक सुरु नगरी राष्ट्रपति कार्यालय शीतल निवास जानु भएको हो । नेकपामा अर्का अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाललगायतले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गर्नु भएको छ ।
ओली इत्तर नेताहरुले हिजो बेलुकी झम्सिखेलमा छुट्टै भेला गरेर प्रधानमन्त्रीलाई घुँडा टेकाउने जुक्ति निकालेको चर्चा चलिरहेको छ । ०००