नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

ह्वात्तै घट्यो नम्बरी सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार कायम गरिएको छ । यो मूल्य बुधबारको तुलनामा ७ सय रुपैयाँले कम हो ।
त्यस्तै तेजाबी सुन प्रतितोला ९० हजार पाँच सय ६५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । केहीदिनदेखि लगातार उकालो लागिरहेको सुनको मूल्य साताको पाँचौ दिन उँधो लागेको हो ।
चाँदीको मूल्य साविक दिनको तुलनामा १० रुपैयाँले घटेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।