काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
जङ्गली च्याउ खाएर एकको मुत्यु
खाँदबारी । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराती विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो ।
बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । सो अस्पतालले उहाँलाई यही २३ गते नोबेल रिफर गरेको थियो । गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकाङ्क्षा बिरामी भएका प्रहरीले जनाएको छ । बिरामी परेकामध्ये पाँचजना उपचारपश्चात् घर फर्किएको जिल्ला अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो ।